संघीयताको अभ्यासबारे बुझ्न पोखरा आदर्शका विद्यार्थी गण्डकी प्रदेश सभामा

पोखरा । पोखरा आदर्श माध्यमिक स्कूलले सोमबार आना विद्यार्थीहरुलाई गण्डकी प्रदेश सभाको अवलोकन गराएको छ । कार्यक्रमका सहजकर्ता नारायण न्यौपानेका अनुसार ३ तहको सरकार गठन प्रक्रिया बुझ्ने क्रममा विद्यार्थीलाई प्रदेश सभाको भ्रमण गराइएको हो ।
सुरुमा विद्यार्थीहरुलाई एक कार्यक्रम गरी गण्डकी प्रदेश सभाको परिचय दिइएको थियो । प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदीका अनुसार ११ जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष निर्वाचनबाट ३६ र समानुपातिकबाट २४ सदस्य छन् उनले प्रदेश सभाले यस गण्डकी प्रदेशको लागि कानुन निर्माण गर्ने, बजेट निर्माण गर्ने, सरकार बनाउने र अनुगमन गर्ने जानकारी दिए । उनले भने गरिमामय सभाको मुल उद्देश्य जनताको आवाज सुन्ने र कायान्वयन गर्नु रहेको बताए ।
उक्त अन्तरक्रिया कार्यक्रमपछि विद्यार्थीहरुलाई विभिन्न कार्यकक्षमा काम कसरी हुन्छ भनि देखाइएको थियो । संसद भवनमा सांसदहरु बैठक बस्ने प्रक्रियाहरु प्रत्यक्ष देख्दा विद्यार्थीहरु उत्साहित भएका थिए । उक्त अवलोकनमा विद्यार्थीलाई विभिन्न विषयगत समितिका कक्षहरु अवलोकन गरिएको थियो । प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, सामाजिक तथा कृषि समिति र कानुन तथा प्रदेश मामिला गरी ४ समिति छन् ।
विद्यार्थीहरु ती समितिहरुको काम, कर्तव्य तथा अधिकारहरुको बारेमा पनि विद्यार्थीहरुले जानकारी प्राप्त गरेका थिए ।
सहभागी विद्यार्थी, हरि तिवारी भन्छन, “यो भ्रमण अन्यन्त महत्वपूर्ण लाग्यो । आज कितावमा भन्दा धेरै र सहज ज्ञान प्राप्त भयो ।” त्यस्तै गरी रितु अधिकारी भन्छिन,“राजनितिक गतिविधीहरु, वजेट भाषण, सरकार गठन इत्यादिमा खासै रुची थिएन । आज प्रत्यक्ष सहभागी हुँदा यस्ता गतिविधिप्रति चासो बढ्को छ ।”
गण्डकी प्रदेश सभामा कार्यरत मिन श्रेष्ठको समन्नयमा भएको अवलोकन कार्यमा विद्यार्थीलाई नारायण न्यौपाने र बलराल चुर्इंले सहजीकरण गरेका थिए । विषय शिक्षक कुशल तिमिल्सिनाका अनुसार संविधान र नागरिक सचेतनाको कार्यक्रम अन्तगति विद्यार्थीलाई देशको शासन विधि, अधिकार र कर्तव्य, मुलुकीसंहिता इत्यादि बारे प्रयोगात्मक र व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रम आवश्यक छ ।
६० सदस्यीय प्रदेश सभाले स्थापनाकालदेखि हालसम्म ७२ वटा कानुन बनाएको छ । चालु अधिवेशनमा कम्तीमा ९ विधेयक पारित गरिने भएको छ । हाल प्रदेशसभामा १ स्वतन्त्र सांसदसहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको प्रतिनिधित्व छ । तीमध्ये १ जना स्वतन्त्र सांसदको पद निलम्बनमा छ ।
तपाईको प्रतिक्रिया