माओवादी–राजा अट्ने व्यवस्थामा जाऔंः लिङ्देन

समाधान संवाददाता २०८१ फागुन १० गते १३:०९

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहो¥याएर नारायणहिटी पु¥याउने घोषणा गरेका छन् । उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नयाँ समझदारीमा आउन आग्रह गरे।

Advertisement


लिङ्दनेले राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकिने औंल्याए । राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव उनले अघि सारेका छन् । यो विश्वमै एउटा मौलिक प्रयोग हुने उनको भनाइ छ ।
‘एउटा–एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं । अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्छ,’ लिङ्देनले भने ।

पोखरामा राप्रपाले शुक्रबार आयोजना गरेको विरोधसभामा लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा विचार राखे । उनले भने, ‘म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । आउनुस नवीन समझदारी गरौं ।’


आफूहरूले पछाडि फर्किने कुरा नगरेको लिङ्देनले दाबी गरे । उनले पूर्वराजालाई निर्मल निवासबाट डोहो¥याएर नारायणहिटी ल्याउनेसमेत जनाए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको आलोचना गरेका छन् । सेना र प्रहरीले अब विगतको गल्ती सच्याउँदै राजतन्त्र पुनस्र्थापनमा भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया