माउन्ट अन्नपूर्ण माविमा पुरस्कार वितरण

पोखरा ।
पोखरा ३ नदीपुर स्थित माउन्ट अन्नपूर्ण मविमा वार्षिक खेलकुद, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
शैक्षिक सत्र २०८०मा आधारभूत तह, एसइईका साथै कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त छात्रछात्रालाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरियो । विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले विद्यार्थीहरुलाई उद्देश्य प्राप्तिका लागि अहोरात्र लाग्न आग्रह गरे ।
विद्यालय सञ्चालक समिति अध्यक्ष सुरजप्रकाश प्रधानगको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरे । उनले शैक्षिक सत्र २०८१ मा भएका विविध क्रियाकलापमाथि प्रष्ट पारे ।
कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले पठनपाठनका अतिरिक्त विद्यालयले विद्यार्थीको सर्वांगीण विकासमा विशेष ध्यान दिइएको सुनाए । नेपाल ओलम्पिक कमिटीका निवर्तमान उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलले विद्यार्थीको पठनपाठनसहित व्यक्तित्व विकासमा पनि सहयोग गर्ने जनाए ।
कार्यक्रममा प्रमुख प्रशासक चित्र गुरुङ, लेखा प्रमुख नवराज पौडेल, शिक्षक लक्ष्मी थापा, इन्दिरा शर्मा, विद्यालयका शैक्षिक प्रमुख महादेव भण्डारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया