सबलाइम मावि ३० वर्षमा

पोखरा ।
पोखरा ७ रत्नचाक स्थित सबलाइम अंग्रेजी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, पुरस्कार वितरण समारोह तथा विविध साँस्कृतिक शनिबार भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकारात्मक कुरा र जीवनोपयोगी सीप घरमै सिकाएर हौसला बढाउन अभिभावकले समय छुट्याउनु अपरिहार्य रहेको बताए ।
आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकाले समय समयमा अभिभावक र शिक्षकबिच अन्तरक्रिया गरी विद्यार्थी आफैंले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्नेमा जोड दिए ।
हिसान कास्की अध्यक्ष दिवाकार जैशी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, प्याब्सन गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, प्याब्सन केन्द्रीय सल्लाहकार गणेशमासिंह भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, अभिभावक सुरेश रानाभाट, विद्यार्थी अनुष्का लिगल, नेपाली विभाग प्रमुख कमलापति शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचेतनामूलक नाटक, विभिन्न जनजातिका नृत्य, कराँते प्रदर्शन, अबाकस सीप प्रदर्शन एवं बालगीत लगायतका प्रस्तुति राखेका थिए । शैक्षिक कार्यक्रमतर्फ नर्सरीदेखि १२ कक्षासम्मका उत्कष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म १ हजार २ सयभन्दा बढी विद्यार्थी छन् । आफ्नै भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गरेको छ । उच्च शिक्षाका लागि सम्बन्धन पर्खिरहेको विद्यालयले बिबिए र विआइएम कार्यक्रम सञ्चालन गर्ने योजना रहको प्राचार्य पुष्प पराजुलीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया