स्मल हेभन मन्टेसरीमामा बजार मेला

समाधान संवाददाता २०८१ फागुन १८ गते १७:३७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीद्वारा सञ्चालित स्मल हेभन मन्टेसरीमा दोस्रो खुला बजार मेला आयोजना गरिएको छ । बालबालिकालाई आत्मविश्वासी र व्यवहारिक बनाउन शुक्रबार मेला आयोजना गरिएको हो ।

Advertisement


मेलामा मन्टेसरीका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए । मेलामा मन्टेसरीले राखेका विभिन्न सामग्री बालबालिकालाई किन्न सिकाइयो । सो अवसरमा पोखरा न्युरोडको पैरवी हेल्थ एन्ड डेन्टल केयर प्रालिसँगको सहकार्यमा नाक, कान र घाँटी तथा मुख, गिजा, दन्त परीक्षण एवं शिक्षा कार्यक्रम दिइएको छ ।


कार्यक्रममा बालबालिकाले निःशुल्क परीक्षण गराउनुका साथै मुख स्वास्थ्यसम्बन्धी शिक्षा हाँसिल गरे । विद्यालयका अध्यक्ष शिवबहादुर भण्डारीले व्यावहारिक शिक्षा दिनका लागि मेलाको अवधारणा अघि बढाइएको बताए । ‘सानै बालबालिका बजारमा गएर आफैं समान किन्ने, पैसा दिन र फिर्ता लिन सक्ने गरी आत्मविश्वासी बनाउने उद्देश्य हो, यसले बालबालिकालाई व्यावहारिक बनाउने विश्वास छ,’ उनले भने ।


विद्यार्थीलाई व्यवहारिक बनाउन समयसापेक्ष अन्य रचनात्मक गतिविधिसमेत सञ्चालन गरिने उनले बताए । मन्टेसरीकी इन्चार्ज पुनम गुरुङले बालकालिकालाई बजारका बारेमा सिकाउन मेला आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘एक त समानको मूल्य कति थियो, पैसा कति दिइएको थियो र कति फिर्ता पाइयो भन्ने विषयमा नम्बरसँग खेल्न पनि महत्वपूर्ण भूमिका हुन्छ ।’


मन्टेसरीमा बालबालिकाले कितावको ज्ञानमा सीमित नभई ‘चिल्ड्रेन लर्न टु फन’ माध्यमबाट सिक्न पाउने उनले सुनाइन् । उनले बालबालिकालाई धेरै प्रकारका व्यवहारिक ज्ञान सिकाउने गरिएको स्पष्ट पारिन् ।

Advertisement

तपाईको प्रतिक्रिया