पोखराको एल एञ्जल स्कुल २८ वर्षमा

समाधान संवाददाता २०८१ फागुन २० गते १९:१५

पोखरा । पोखरा १९, लामाचौर, भुनपरेमा अवस्थित एल एञ्जल स्कुलको २७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सोमबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका विधायक समितिका संयोजकसमेत रहेका वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराको गण्डकी बोर्डिङ स्कुल जस्तै यो विद्यालय पनि सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित भएकाले यस विद्यालयलाई पनि महानगरपालिका तथा वडाले बिभिन्न शीर्षकमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

Advertisement

एल एञ्जल सार्वजनिक शैक्षिक गुठीका गुठियार प्रमुख तथा सञ्चालक समिति अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का निवर्तमान शोभामोहन पौडेल, गुठीयार मदनबहादुर केसी, सल्लाहकार जयराम पौडेल, एमाले पोखरा १९ अध्यक्ष कोमलप्रसाद बास्तोला, पोखरा १९ का वडा सदस्यहरू विकासकुमार आचार्य र दुर्गादेवी बस्नेत, भारती भवन मावि पुरुन्चौरका प्रधानाध्यापक नेत्रबहादुर आले, विन्देश्वरी मावि तल्लाकोटका प्राधानाध्यापक श्रीराम आचार्य, ईन्द्रराज्य लक्ष्मी मावि लामाचौरका बलबहादुर श्रेष्ठ, अकला आवि लामाचौरका प्रधानाध्यापक सीता काफ्ले, भूमेश्वर आवि घार्मीका प्रधानाध्यापक भरतराज पौडेल, हिमालयन आविका प्रधानाध्यापक कमला पौडेल, बलबहादुर श्रेष्ठ, अतिरिक्त क्रियाकलाप संयोजक अदिति सुनार, विद्यालय व्यस्थापन समितिका शिक्षक प्रतिनिधि लालबहादुर भुजेल र विद्यार्थी दिलिषा गौतम लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामग्रीको प्रदर्शनी, आकर्षक नृत्य, नाटक लगायतका साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुका साथै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत बिभिन्न विधाका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयबाट अवकास प्राप्त बस चालक धनपति पौडेल र कर्मचारी विष्णु भुजेललाई कार्यक्रममा सम्मान गरिएको छ । गुठियार प्रमुख एवं अध्यक्ष ऋषिराम सापकोटाले यस विद्यालय मुख्यगरी यही समुदायको सम्पति भएकाले यसका बासिन्दाले विद्यालयलाई अब्बल बनाउन योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रिन्सिपल नीलकण्ठ आचार्यले विद्यालयको प्रगति विवरण, गतिविधि तथा आगामी योजनाबारे प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया