एमाले गण्डकी कार्यालय सचिवमा आरके पोख्रेल

समाधान संवाददाता २०८१ फागुन ३० गते १८:२९

पोखरा ।
एमाले गण्डकी प्रदेशको कार्यालय सचिवको जिम्मेवारी नेकपा (एमाले) का युवा नेता आरके पोख्रेलले पाएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले पोख्रेललाई जिम्मेवारी दिएको हो ।

Advertisement

फागुन २० गते बसेको सचिवालय चौथो पूर्ण बैठकले पोख्रेललाई प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पोख्रेललाई शुक्रबार मनोनयनपत्र हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया