हिल्सबड मन्टेसरीको दीक्षान्त

समाधान संवाददाता २०८१ चैत ३ गते ११:५९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १२ स्थित हिल्सबड मन्टेसरीले युकेजीका ४४ विद्यार्थीलाई दीक्षित गरेको छ । आइतबार दीक्षान्त समारोह आयोजना गरी मन्टेसरीले विद्यार्थीलाई दीक्षित गरेको संयोजक देवकी सापकोटाले बताइन् ।

Advertisement


हिलप्वाइन्ट माविका प्राचार्यसमेत रहेका दिवाकर जैशीले विद्यार्थीलाई प्रमाणपत्रद्वारा दीक्षित गरेका हुन् । प्राचार्य जैशीले बालबालिकालाई सानैदेखि असल संस्कार सिकाउनुपर्ने बताए । उनले मन्टेसरीले बालबालिकालाई खेल्दै, रमाउँदै, पढ्दै गर्ने वातावरण सिर्जना गरेको बताए ।


कार्यक्रममा बालबालिकाले सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए । हिलप्वाइन्ट माविले सञ्चालन गरेको हिल्सबस मन्टेसरीमा १ सय ५० विद्यार्थी छन् । २०३८ सालमा स्थापित विद्यालयमा हाल ८ सय विद्यार्थी छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाइ हुन्छ ।

तपाईको प्रतिक्रिया