वक्तृत्वकला प्रतियोगितामा गोगन माविकी सुजाता प्रथम

समाधान संवाददाता २०८१ चैत ३ गते १६:३०

पोखरा ।

Advertisement

विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता भएकाे छ । प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल प्रथम भएकी छन् ।


रिलायन्स पब्लिक स्कुलकी दिपशिखा क्षेत्री द्वितीय भएकी छन्, नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गरेका छन् । महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र विद्याश्रमकै सन्देश पौडेलले सान्त्वना स्थान हासिल गरे ।


प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक/एक हजार रुपैयाँ नगद, प्रमापत्र प्राप्त गरे । केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्राडा भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेमले पुरस्कार प्रदान गरेका थिए ।


चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्न आवश्यक भएको बताउँदै गीता आँर्फैमा महान ग्रन्थ भएको धारणा राखे । विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताइन् ।

Advertisement


जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए । पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उनले जानकारी दिए ।


डा भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपांग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए । हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उनले यो धर्म नै सनातन धर्म भएको बताए ।


महासचिव भुपेन्द्र गिरी, निर्णयक समितिका सदस्यद्वय उपप्राध्यापक हरिश्चन्द्र भण्डारी र उपप्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया