एमाले बाराही टोल कमिटीमा विरेन्द्र

समाधान संवाददाता २०८१ चैत ३ गते १६:४७

पोखरा ।

Advertisement

नेकपा एमाले पोखरा १७ को संङगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान जारी रहेको छ । वाराही टोल कमिटीमा सम्पन्न अभियानले विरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।


सो कमिटीको उपाध्यक्ष रणबहादुर लामिछाने, सचिव अन्जना थापा, उपसचिवद्धयमा आशिष तामाङ र अजय परियार एवम् सदस्यहरुमा गोरी नेपाली, उर्मिला परियार, वमबहादुर घर्तीमगर, शेरबहादुर तामाङ, विकास राई, नरबहादुर दमाई, रेखबहादुर विक, गणेश मिजार, टोपाकुमारी थापा, रोहीत विक छन् ।


नवनिर्वाचित टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई एमाले पोखरा १७ का वडाअध्यक्ष विक्रम गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले अभियानको उद्घाटन गर्दै जरा अभियानले पार्टीलाई जनतासंग जोडन सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

Advertisement


एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको बताउँदै उनले मिसन ८४ अभियान पुरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताइन् ।


पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीकोतर्फबाट निरन्तर प्रयास भई रहेको बताउँदै अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अगाडि बढेको जानकारी दिइन् ।


नेकपा एमाले वडा इन्चार्ज सुभाष ढुंगानाले पार्टी र जनप्रतिनिधि सहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।


टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णुकुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रिता सुवेदी, निरज राना लगायतले अभियानको उदेश्य र आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता माथि चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया