डब्लुआरसीमा ८०६ मत खस्यो
समाधान संवाददाता
२०८१ चैत ४ गते १६:३४

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्ववियु चुनावमा ८ सय ६ मत खसेको छ । स्ववियु चुनावका क्रममा नेविसंघले मुलगेटमा ताला लगाएपनि वैकल्पिक गेट प्रयोग गरी मतदान प्रक्रिया अघि बढाइएको थियो । विद्यार्थी गेटभित्रै रहेकाले मतदान भने जारी छ ।
सचिवमा उम्मेदवारी दिएकाको नाम सूचीमा नभएको भन्दै नेविसंघले गेटमै बसेर रिले अनसन थालेको थियो । तालाबन्दीसहित गेटमा अवरोध भएपछि क्याम्पस प्रशासनले वैकल्पिक मार्गको प्रयोग गरी विद्यार्थी भित्र लगेको थियो ।
पश्चिमाञ्चल क्याम्पसमा २ हजार ४१ मतदाता थिए । जसमध्ये ३ सय ३१ महिला र १७ सय १० जना पुरूष छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया