पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, नयाँ मिति छलफलपछि तय गरिने

समाधान संवाददाता २०८१ चैत ४ गते २१:०५

पोखरा । निर्वाचन समितिको सामान्य गल्तीका कारण सुरु भएको विवादका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

Advertisement

आज बिहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा सामान्य त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो ।

तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्यानलसहित निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन अवरोध सिर्जना भएको छ।

निर्वाचन प्रक्रिया प्रभावित भएपछि सर्वपक्षीय छलफलको आधारमा नयाँ मिति तय गरिने निर्णय गरिएको छ। निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवाला पक्षलाई यसबारे जानकारी गराउँदै क्याम्पस प्रशासनले आगामी निर्णयसम्म धैर्य राख्न अनुरोध गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया