धौलागिरी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुकी आस्मिन शेख विजयी

समाधान संवाददाता २०८१ चैत ५ गते १०:११

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा अनेरास्ववियुकी आस्मिन शेख विजयी भएकी छन । अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी सृष्टि आचार्यलाई ६१ मतले पराजित गर्दै विजयी भएकी हुन् । शेखले ५ सय ५२ मत प्राप्त गरिन् भने आचार्यले ४ सय ९१ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दीपक सुवेदीले ७ मत प्राप्त गरे । उनले आफ्नो उम्मेदवारी फिर्ता गरेर आचार्यलाई सहयोग गर्ने घोषणा गरेका थिए ।
उनको जीतसँगै धवलागिरि क्याम्पसको स्ववियुले पहिलो महिला सभापति पाएको छ । स्नाकोत्तर अध्ययनरत शेख ‘हामी इतिहास पढने मात्र होइन, इतिहास बनाउने मान्छे पनि हो’ भन्ने नारासहित चुनावी मैदान थिइन् ।

Advertisement

स्ववियुको सचिव र कोषाध्यक्षमा नेवि संघका सचिन हरिजन ५ सय ३४ मत र विशाल थापा ६ सय ५४ मत प्राप्त गरी विजयी भएका छन् । अखिल संयुक्त प्यानलका उम्मेदवार रुद्रबहादुर पुनले ५ सय ९ र रेशा शर्माले ३ सय ८४ मत प्राप्त गरे । सदस्यहरुमा अखिल संयुक्त प्यानलको तर्फबाट विकल्प घर्तीमगर मात्रै विजयी भएका छन् । उनले ५ सय ६४ मत प्राप्त गरे ।

अरु सबै सदस्यहरुमा नेवि संघका उम्मेदवार विजयी भए । नेवि संघका प्रशान्त सुवेदीले ६ सय १२, दीपसागर सुवेदीले ६ सय ११, सुदिप घर्तीले ५ सय ५८, सृष्टि घर्तीले ५ सय ४३, सुवासबाबु घर्तीले ५ सय २२, सेमन्त शर्माले ५ सय १८ र शुभम राजभण्डारीले ४ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया