पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने

समाधान संवाददाता २०८१ चैत ५ गते १९:४१

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुनेपोखरा । मतपत्रमा सामान्य त्रुटिका कारण उत्पन्न विवादका कारण स्थगित पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ ।

Advertisement

निर्वाचन समिति संयाेजक प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गरी १० गते बिहान ८ बजेबाट दिउँसो ४ बजे सम्म क्याम्पस परिसरभित्र मतदान हुने बताएका छन् ।

निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठकले यस मिति तय गरेको उनले बताए । निर्वाचनका लागि २०८१ सालको चैत ७ गते राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ।

यसका साथै, स्ववियु निर्वाचनको मतदानका लागि विभिन्न कार्यक्षेत्रका प्राध्यापक र कर्मचारीहरू पहिलाकै जिम्मेवारीमा यथास्थानमा रहनेछन्। क्याम्पस प्रशासन र निर्वाचन समिति सबैलाई आगामी निर्वाचनलाई सफल बनाउन सहयोगको आग्रह गर्दै यस निर्णयको कार्यान्वयन गर्न संयाेजक पोखरेलले अनुरोध गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया