पोखरा महानगरका कर्मचारी कपिल गिरी घुस लिएको आरोपमा रकमसहित पक्राउ
समाधान संवाददाता
२०८१ चैत ६ गते १६:३८

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिका अधिकृतस्तरका कर्मचारी कपिल गिरीलाई घुस लिएको आरोपमा रकमसहित रंगेहात पक्राउ गरेको छ ।
महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकमसहित बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
उनको साथबाट खामभित्र रहेको २५ हजार रुपैयाँ वरामद भएको छ । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बताएका छन् ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगपालिकामा थिए । बढुवा भएपछि पोखरा महानगर पोस्टिङ भएका उनी केही समय वडा नम्बर १७ मा थिए । त्यसपछि उनलाई महानगर ल्याइएको थियो ।

सम्बन्धित
तपाईको प्रतिक्रिया