गोरखा आएर ज्ञानेन्द्र शाहले गरे गोरखनाथको पूजा

पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार गोरखा आइपुगेका छन् । उनले त्यहाँ गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजा आराधनामा गरेका थिए। साथै उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन्।
गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशीर्वाद मिलेको जनविश्वस छ। राजसंस्था पुन:स्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ।
शाह मन्दिर जानुपूर्व बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्याली गरेका थिए।
शिवसेना, राष्ट्रिय सरोकार मन्चलगायत युवा दस्ताले शाहको स्वागतमा मोटरसाइक र्याली गरेको हो। उनी आइतबार मनकामना मन्दिर दर्शनका लागि पुग्ने कार्यतालिका छ। कुरिनटारस्थित रिभरराइड रिसोर्टमा बसेका उनी आज शनिबार पनि त्यहीँ बस्नेछन्।
तपाईको प्रतिक्रिया