पश्चिमाञ्चल माविमा १२ कक्षाका विद्यार्थीलाई विदाइ

समाधान संवाददाता २०८१ चैत ८ गते १५:३४

पोखरा । पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार बिदाइ गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शनिबार बिदाइ गरेको हो ।

Advertisement

कक्षा ११ सकेर १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका उनीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले २ वर्षसम्म पश्चिमाञ्चलले दिलाएको शिक्षाको ज्ञानलाई भरपुर प्रयोग गर्न विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थी भविश्यमा जहाँ गएपनि सम्बन्ध भने पश्चिमाञ्चलसँग सधैंका लागि रहिरहने उनले बताए ।

विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले आगामी दिनमा अझै मेहनत गरेर अध्ययन गरेर सफलता हात पार्न विद्यार्थीलाई शुभकामना दिए । उनले भने, ‘पश्चिमाञ्चलले २ वर्ष पढायो । अब त्यसको परिणाम निकाल्ने जिम्मा विद्यार्थीको हो । किनकी अबको परीक्षाले विद्यार्थीको भविश्य कस्तो हुने भन्ने निर्धारण गर्नेछ ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले आगामी दिनमा अझै मेहनतका साथ अध्ययन गरेमा मात्र सफलता हात पर्ने भएकोले विद्यार्थीले पढाईमा जोड दिनुपर्ने बताए । ओझाले भने, ‘विद्यार्थीले भविश्य कस्तो बनाउने भन्ने उनीहरुकै मेहनतमा भर पर्छ । त्यसैले अबका दिन अझै मेहनत गर्नुपर्छ ।

कार्यक्रममा विद्यालयकी सहप्राचार्य मीनु श्रेष्ठ कुँवर, विद्यालयका संचालक सदस्य डा. कपिल कोईराला, सिनियर इन्चार्ज विजयराज अधिकारी लगायतले पनि विद्यार्थीलाई शुभकामना दिएका थिए । उक्त कार्यक्रममा कक्षा ११ का विद्यार्थीले १२ कक्षाका विद्यार्थीका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । पश्चिमाञ्चल माविमा मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा ११ र १२ मा अध्यापन हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया