प्रदेश सभाबाट २ विधेयक पारित, ३ वटा पेस

समाधान संवाददाता २०८१ चैत १० गते ४:३६
शून्य समयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद दमयन्ती रुचाल ।

पोखरा । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा २ विधेयक पारित भएका छन् । ‘गण्डकी प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१, लाई प्रतिस्थापन गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सर्वसम्मतिले पारित भएको छ ।

Advertisement

सभामुख कृष्णप्रसाद धितालले ती विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१, लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । यस्तै, कषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले जीवनाशक विषादी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

३ विधेयक पेस
गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकमा २ वटा विधेयक पेस भएका छन् । समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सभामा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सभा समक्ष पेस गरे । यस्तै उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा गर्न बनेको विधेयक २०८१ सभा समक्ष पेस गरे । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा सभामा पेस गरेका हुन् ।

बैठकको विशेष तथा शून्य समयमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सोमबार बस्ने बैठकमा दलित अधिकार तथा सशक्तीकरण सम्बन्धी विधेयक र मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

Advertisement

तपाईको प्रतिक्रिया