लिटिल स्टेप माविमा बिदाइ
समाधान संवाददाता
२०८१ चैत १४ गते १६:२०
पोखरा ।
लिटिल स्टेप माविबाट एसइई २०८१ नियमित अन्तर्गत सहभागी विद्यार्थीलाई बिदाइ गरिएको छ ।
विद्यालयको ३२ औँ ब्याचलाई अविर, पुष्पगुच्छा, खादा र मायाको चिनोसहित बिदाइ गरिएको हो । विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ, संस्थापक प्राचार्य पम्फा गुरुङ, मावि संयोजक ताराप्रसाद सुवेदी एवं कक्षा शिक्षक चित्रबहादुर अधिकारीले उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।
१०+१ कक्षामा आगामी शैक्षिक सत्रमा यसै विद्यालयमा भर्ना हुन आग्रह पनि गरियो । कार्यक्रममा विद्यालय संयोजक विनोद गिरीले पनि बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया