लेक सिटी मन्टेसरीमा अभिभावक भेला

लेखनाथ । लेखनाथ क्षेत्रको पहिलो मन्टेसरी लेक सिटी ऐकेडेमी एन्ड मन्टेसरीले अभिभावक भेला गरेको छ । अभिभावक, विद्यार्थी र विद्यालयबिचको सम्बन्ध बढाउँदै उच्च शैक्षिक उपलब्धि हाँसिल गर्न भेला गरिएको हो ।
पछिल्लो समय विद्यार्थीमा देखिएको मोबाइल मोह र घरमा अभिभावकले पढाइप्रति कम चासो देखाउँदा विद्यार्थीको अध्ययन कमजोर भएकाले सिकाईमा सामूहिक प्रयासको आवश्यकता कार्यक्रममा औंल्याइएको छ । प्रशिक्षक गोविन्द गिरीले विद्यार्थीमा देखिएका समस्या र त्यसको निराकरणका उपायबारे प्रकाश पारे ।
समयमा नै विचार पुर्याउन नसक्ने हो भने भविश्वमा हामीले चाहेजस्ता जनशक्ति उत्पादन नहुने उनको भनाइ छ । गिरीले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले अभिभावकले बालबालिकालाई उचित वातावरणसहित आधारभूत ज्ञान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल प्रभा पौडेल लामिछानेले २०६८ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षाका लागि अनेक उपाय अवलम्बन गर्दै आएको बताइन् ।
तपाईको प्रतिक्रिया