पोखरामा एमालेको जागरण अभियानः मोटरसाइकल र्याली गर्ने

पोखरा । नेकपा एमाले कास्कीले आगामी चैत १८ गते पोखरामा जागरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार यस र्यालीमा कम्तीमा २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पु¥याउने लक्ष्य राखिएको छ,’ सचिव लामाले भने ।
¥याली पोखराका विभिन्न स्थानमा उनले जानकारी दिए । प्रर्दशनी केन्द्र, पृथ्वीचोक, मुस्ताङ चोक, बिरौटा, राष्ट्रबैंक चोक, सहीदचोक, लेकसाइड, हल्लनचोक, जिरी किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, चिप्लेटुंगा, सिद्धार्थचोक, भैरबटोल, विन्दवासिनी, ट्याक्सीचोक, पिएन गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंह चोकलगायतका स्थानमा ¥याली परिक्रमा गर्नेछ ।
एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ । ‘पछिल्ला राजनीतिक भ्रम चिर्दै, जनतामाझ हाम्रो एजेन्डा स्पष्ट बनाउने र पार्टीको संगठनात्मक संरचना बलियो बनाउने लक्ष्य लिएका छौं,’ सचिव लामाले भने ।
यस अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय संगठनहरू, युवा संघ, विद्यार्थी संघ, सम्पर्क कमिटीहरूलाई विशेष जिम्मेवारी तोकिएको छ । विशाल र्यालीका कारण पोखराको सडक व्यवस्थापनलाई प्रभावित हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्ने योजना रहेको एमाले कास्कीले जनाएको छ ।
तपाईको प्रतिक्रिया