सांसद दीपक बोहराको निधन
समाधान संवाददाता
२०८१ चैत १८ गते ११:३०

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हाे ।
पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । संक्रमणपछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।
उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया