गण्डकी प्रदेश सभाको अधिवेशन आजबाट अन्त्य

समाधान संवाददाता २०८१ चैत २५ गते १५:१२

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आजबाट अन्त्य हुनेभएको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष लेखिपठाउने निर्णय गरेको हो ।

Advertisement

प्रदेश सभाको सातौं अधिवेशन फागुन २ गते सुरु भएको थियो । आजको बैठकको अन्तिममा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन् । जस अनुसार आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुनेछ ।

तपाईको प्रतिक्रिया