फेवा महोत्सव तयारी अन्तिम चरणमा

पोखरा ।
होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे बिचको सडकमा महोत्सव आयोजना हुँदै छ ।
महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारी र आमा समूह तथा पर्यटकीय संघ, संस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिनेबारे छलफल भएको छ । महोत्सवका मूल संयोजक एवं आयोजक संघकाअ अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने ¥याली तथा झाँकी विशेष रहने जानकारी दिए ।
लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाच हरेक दिन प्रदर्शन गरिने उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । ब्याडमिन्टन कप, स्थानीय एवं प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामान प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् ।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारी र महासचिव राजेन्द्र ढकालले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया