पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाधान संवाददाता २०८२ वैशाख २ गते २०:४१


पोखरा । नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Advertisement

आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.१५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ।

अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ तोकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया