बालिबालिकालाई शिक्षा पाउन सकस
पोखरा ।
श्रवण दृष्टिविहीन संघ नेपाल र राष्ट्रिय बहिरा महासंघ नेपालले संयुक्त रुपमा पछाडी परेका तथा श्रवण दृष्टिविहीन बालबालिका र व्यक्तिहरुको शिक्षा तथा स्वास्थ्यमा पहुँच पुर्याउन सचेतनामुलक अभियान चलाएका छन् ।
नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदानसँगै दुवै संस्थाले श्रवण दृष्टिविहीनता वर्तमान अवस्था र भविष्य सम्बन्धी सरोकारवालासंग छलफल गरेका छन् । श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले सुन्ने र देख्ने दुबै क्षमता कमजोर भएको श्रवण दृष्टिविहीन बाल बालिकालाई शिक्षा प्राप्तिमा कठिनाई भएको बताए ।
त्यस्ता बाल बालिकालाई अभिभावकले के कसरी सिकाउने विषयमा जानकार नहुने उल्लेख गर्दै उनले सहज रुपमा हिडडुल गर्न नसक्दा कमजोर हुँदै जाने जानकारी दिए ।
‘श्रवण दृष्टिविहीनता भएका बाल बालिकाको शिक्षा प्राप्तिमा सहजीकरण गर्न श्रोत कक्षा सञ्चालन गरेका छौं,’उनले भने, ‘अमरसिह माविमा सञ्चालन भएको श्रोत कक्षामा ६ जना बाल बालिका भर्ना भएका छन् ।’ अध्यक्ष रिमालले आँखा र कानले व्यक्तिको भाषा र सञ्चारको ९५ प्रतिशत भाग ओगट्ने जानकारी दिए । सोही कारण श्रवण दृष्टिविहीन बाल बालिकाको भाषा र सञ्चारको विकास नहुने उनले उल्लेख गरे ।
त्यस्ता बाल बालिकाको आँखा र कान परीक्षणमा सहयोग गरेको जानकारी दिदै उनले बाल बालिकालाई विद्यालयसम्म पहँुच पु¥याउन घरमै पुगेर सेवा दिने बताए ।
राष्ट्रिय बहिरा महासंघका प्रतिनिधि शंकरसिंह जैसीले सुन्ने र देख्ने दुबै क्षमता कमजोर भएका बाल बालिकाको समयकै पहिचान गरी सेवामा पहँच पुर्याउनमा ध्यान दिने उल्लेख गरे । उनले श्रवण दृष्टिविहीन बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा पहुुँच सुनिश्चित गर्न कास्की मोरङ, रुपन्देही र काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको बताए ।
श्रवण दृष्टिविहीन बाल बालिकाको सञ्चार, आवागमन, शौचालय, गमनशीलता निर्देशिकाको विकास गरेको जानकारी दिदै उनले सम्बन्धित बाल बालिकालाई स्पर्श सांकेतिक भाषाको तालिम दिएको उल्लेख गरे । श्रवण दृष्टिविहीन बाल बालिका तथा व्यक्तिहरूका शिक्षा, स्वास्थ्य र रोजगारीमा समावेशी सहभागिता आवश्यक भएको चर्चा गर्दै उनले त्यस्ता व्यक्तिको लागि दोभाषे र व्यक्तिगत सहयोगी आवश्यक पर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले श्रवण दृष्टि विहीन बालबालिका शिक्षण सिकाइबाट बाहिर हुन नहुने जनाए । उनले राज्यका निकाय र सामाजिक संघ संस्थाको पहलमा त्यस्ता बाल बालिकाको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन पहल भएको बताए । परियोजनाले उनीहरूको सक्षमता अभिबृद्धिमा सहयोग पुुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, श्रवण दृष्टिविहीन संघ, नेपालका सचिव हरि केसी, अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, प्रधानाध्यापक बलराम पोखरेल, स्वावलम्बन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङ, पार्वती भुजेल लगायतले श्रवण दृष्टिविहीनको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया