केपी ओली कप क्रिकेट : अत्तरिया सेमीफाइनलमा

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया सेमीफाइनल पुगेको हो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १ सय २५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दीप खड्का, सिराज हावारी र डब्लु मलिकले समान १ विकेट लिए ।
बिहीबार पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनलमा गण्डकी र अत्तरिया खेल्दै
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिँदै आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मण्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दीप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शून्यमै पेभिलियन फर्र्किए ।
अकिल खान ९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २ तथा भोजराज भट्टले १ विकेट लिए । त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो ।
१ सय ४० रनको लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्दतमा सर्वाधिक ८० रनको योगदान दिए पनि टिमलाई सेमीफाइनलमा पु¥याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले समान १ विकेट लिए ।
त्यसअघि, टर हारेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २÷२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १÷१ विकेट लिएका थिए ।
अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम ४ मा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहीन हुँदै पुछारमा रह्यो ।
यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम ४ पुगिसकेका छन् । बिहीबार पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिच हुनेछ । चैत २३ देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता छ ।
तपाईको प्रतिक्रिया