युनाइटेड क्लबको वार्षिकोत्सवमा रक्तदान, ४६ युनिट संकलन
समाधान संवाददाता
२०८२ वैशाख ३ गते १९:४५

पोखरा । युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक ३ महिनामा रक्तदान गरेको खण्डमा रगत चाहिनेहरुले जीवन पाउने बताए ।
क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडि बढिरहेको क्लबले आयोजना गरेको रक्तदानमा सहभागी भएकोमा धन्यवाद दिए । क्लबले नयाँ वर्षको पहिलो दिन पोखरा वृद्धाश्रममा आश्रितलाई खाद्यान्न वितरण गरेको थियो । क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया