रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा

समाधान संवाददाता २०८२ वैशाख ४ गते १२:४२
sf7df8f}F, & r}t M /fli6«o;efsf] a'waf/ ;'? ePsf] a}7sdf lzIff, lj1fg tyf k|ljlwdGqL ;'dgf >]i7 . tl:a/M k|bLk/fh÷jGt

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। उनले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त लागू हुनु पर्ने धारणा राख्दै राजीनामा बुझाएकी हुन्।

Advertisement

श्रेष्ठको राजीनामा विषयमा रास्वपाको केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा छलफल हुने बताइएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएको पुष्टि गरेका छन्। श्रेष्ठले संसदीय गतिविधिमा अझ सक्रिय भएर लाग्न चाहेका कारण राजीनामा दिएकी भए पनि पार्टीले औपचारिक रूपमा स्वीकृत गर्न बाँकी रहेको जनाएको छ।

पछिल्लो समय सभापति रवि लामिछानेले पार्टीको पुनर्संरचना गर्ने तयारीमा रहेको भन्दै नेताहरूलाई त्यसअनुसार तयार रहन भनेका थिए। त्यसयता श्रेष्ठले आफूले कार्यकारी पदबाट अलग भएर संसदमा विधेयक निर्माण र कानुनी काममा केन्द्रित हुने इच्छा व्यक्त गर्दै आएकी थिइन्।

श्रेष्ठका अनुसार उनले लगभग १५ दिनअघि नै सभापति लामिछानेलाई राजीनामा पत्र बुझाएकी थिइन्। तर लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालतको आदेशपछि पक्राउ परेपछि उक्त राजीनामाबारे थप प्रक्रिया अघि बढ्न सकेको थिएन।

Advertisement

श्रेष्ठले आफ्नो राजीनामासम्बन्धी निर्णयबारे पार्टी नेताहरूसँग छलफल भएको जनाउँदै भनिन्, “रवि जी सभापतिमा फर्किएपछि मेरो उहाँसँग यस विषयमा कुराकानी भएको थियो। मैले राजीनामा पत्र पनि बुझाएकी थिएँ। उहाँले पार्टी पुनर्संरचना गर्ने सोच राख्नुभएको थियो, जुन मेरो नेतृत्व विकासको अवधारणासँग मेल खान्थ्यो। त्यसैले मैले पदबाट राजीनामा दिएकी हुँ। रविजीले यसलाई सकारात्मक रूपमा लिनुभएको थियो। अब म सांसदको रूपमा अझ प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास छ।”

हाल रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्रीका रूपमा रहेका छन्। सहमहामन्त्री पदमा सुमना श्रेष्ठसँगै विपिन आचार्य पनि छन्।

तपाईको प्रतिक्रिया