काल्खु मेलाको नृत्यमा अनुस्का च्याम्पियन

समाधान संवाददाता २०८२ वैशाख ४ गते १२:५५

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा भएको खुला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत पूर्णिमा (३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् ।

Advertisement


कोल्माकी साईसा गुरुङ द्वितीय, पोखराका दिपेश सुनार तृतीय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हासिल गरे । खुला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वितीय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हासिल गरेका विक्रमले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका जनसम्पर्क युवा क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए ।


उनका अनुसार म्युजिकल चेयर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वितीय र माया रानामगर तृतीय भइन् । प्रतियोगितामा १५ जनाको सहभागिता थियो । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्वमा निर्णायकको भूमिका थियो ।

तपाईको प्रतिक्रिया