गुरुङ कलाकार संघमा विक्रम

पोखरा । गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभा भएको छ । नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो । विशेष सभाले अध्यक्ष विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् ।
संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमशः गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् ।सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् ।
गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङले कला तथा लोक संस्कृति निश्चित समुदायमा मात्र सीमित नभएर सबै समुदाय र मुलुकको सम्पत्ति भएको बताए । ‘गण्डकी लोक संस्कृतिको उद्गमस्थल हो,’उ नले भने, ‘आदिवासीको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको हुन्छ ।’ उनले समावेशी संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्ने विचार राखे ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आफ्नो विधामा निपूर्ण र अब्बल बन्न सुझाव दिए । आफ्नो प्रतिभामा निखार ल्याउन दैनिक अभ्यास गर्न आग्रह गर्दै उनले संस्थागत सम्बन्ध सुदृढ बनाउन आग्रह गरे ।
कलाकार धनबहादुर गुरुङले आफ्नो सम्मानले सिंगो कला क्षेत्र सम्मानित भएको महसुस गरेको बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले स्रष्टा धनबहादुर गुरुङले ८ हजारभन्दा बढी कृति सिर्जना गरेको जानकारी दिए । कार्यक्रममा तमु ंिध नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, गुरुङ कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, महासचिव टसबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, मेनकाजी गुरुङ स्रष्टा सम्मानका संस्थापक श्रीजंग गुरुङ लगायतले लोक संस्कृतिको संरक्षणको बारेका बोलेका थिए ।
सभाले महासचिव टसबहादुर गुरुङले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सविना गुरुङको तर्फबाट सहकोषाध्यक्ष दिलु गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
तपाईको प्रतिक्रिया