तीनकुने घटनामा सरकारी दमन निन्दनीय: राप्रपा नेपाल अध्यक्ष थापा

पोखरा ।
राप्रपा नेपालका अध्यक्ष कमलथापाले तीनकुने घटनामा सरकारी दमन निन्दनीय भएको बताएका छन्। पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा बिहीबार पोखरा आएका अवसरमा स्वतन्त्र नेपाली नागरिक समाजको रिले अनशनमा ऐक्यवद्धता जनाउँदै उक्त कुरा बताएका हुन्।
राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको मुद्दा उठाउँदै आएका अध्यक्ष थापाले जस्तोसुकै संकटकालको अवस्थामा पनि देशमा भइरहेको यो भ्रष्ट अवस्थालाई नफाली देशमा सुशासन कायम हुन नसक्ने भन्दै यसमा सबैले आ–आफ्नो स्थानबाट साथ र सहयोग गर्नुपर्ने बताएका छन्।
तीनकुने घटनामा सरकारको दमनका कारण घटना घटेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा सरकारको दमन निन्दनीय रहेको र यसको स्वच्छ छानबिनका लागि सरकारसँग जोडदार माग गरेका छन्। साथै, उक्त घटनामा पक्राउ परेका राष्ट्रवादी नेता डा. धवलशमशेर राणा, रविन्द्रमिश्र, दुर्गा प्रसाईलगायतका कार्यकर्ताहरूलाई विनाशर्त रिहाइको माग गरेका छन्।
तस्बिर: सूर्य बाँस्तोला
तपाईको प्रतिक्रिया