पोखरा एयरपोर्टलाई बदनाम नगरौं : मेयर आचार्य

समाधान संवाददाता २०८२ वैशाख ५ गते २०:२७

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगर्न आग्रह गरेका छन् ।

Advertisement

पोखरा विमानस्थलको अनियमितताका बारेमा छानबिन गर्न गठित सार्वजनिक लेखा समितिमातहतको उपसमितिको प्रतिवेदन सार्वजनिक भएपछि आएका समाचारहरुका बारेमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले उक्त आग्रह गरेका हुन् ।

उनले भनेका छन्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको योजना हो।

४०% रकमले परियोजना बन्यो र ६०% अनियमित भएको भनिएको छ के यो सम्भव होला ?

Advertisement

सत्य, तथ्य र प्रमाणीकरण नभएको कुनै पनि तथ्यांकका आधारमा एयरपोर्टलाई बदनाम नगरौं।

सम्वन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक नहुन्जेलसम्म पब्लिक कन्जब्सन र मिडिया ट्रायल गरेर अनुमानको भरमा निष्कर्ष निकाल्ने कार्य अनुचित हुन्छ।

अनियमितता भएको हो भने छानबिन होस्, जो सुकै दोषी ठहरिन्छ, कानुनी कठघरामा उभ्याइयोस् — कार्वाहीमा कुनै कसर नराखौं।

कारबाहीको प्रक्रिया सँगसँगै, अन्तर्राष्ट्रिय उडान नियमित गर्न सबैको ध्यान केन्द्रित गरौं।

विवाद होइन, सफलता र सम्भावनाको केन्द्र बनाऔं हाम्रो पोखरा विमानस्थललाई।

तपाईको प्रतिक्रिया