छोसेर गुफामा रम्दै पर्यटक

सुन्दरकुमार थकाली २०८२ वैशाख ६ गते १९:२२

जोमसोम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले मात्र होइन, पृथक प्रकारको भूबनोट कारण उपल्लो मुस्ताङ पर्यटक आर्कषणका लागि निकै महत्वपूर्ण मानिन्छ । उपल्लो मुस्ताङमा सदियौँ वर्ष पुराना तिब्बती कला, संस्कृति, रहनसहन भेषभूषाका साथै त्यहाँको पृथक प्रकारको भूगोलले उपल्लो मुस्ताङ भ्रमण गर्ने जोकोही पर्यटकका लागि पनि मोहित नतुल्याउने कुरै भएन ।

Advertisement

उपल्लो मुस्ताङको हरियाली बिनाको ग्रीन लेस सुख्खा पठार भूगोलको बीचमा त्यहाँको राताम्मे कलात्मक पहाड निकै आर्कषण देखिन्छनन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यस्तै राताम्मे कलात्मक पहाड अवस्थित छन् । जहाँ सदियाैं वर्ष पहिले यस प्रकारका कलात्मक पहाडलाई खोपेर तयार गरिएका दर्जनौँ मानव निर्मित गुफा छन् । यस्ता गुफामा त्यसबेलाका मानिसले घामपानी र शत्रुसँग सुरक्षित रहनका लागि ओत लाग्ने आश्रय बनाएर बसेको प्रष्ट झल्किन्छ ।

उपल्लो मुस्ताङमा अवस्थित दर्जनौँ यस प्रकारका मानव निर्मित गुफामध्येको मुख्य एक हो लोमान्थाङ १ छोसेरमा अवस्थित सिजा झोङ गुफा । एक दशकअघि गुमनाम जस्तै रहेको छोसेरको मानव निर्मित सिजा झोङ गुफाको अहिले पर्यटकीय दृष्टिकोणले चर्चा निकै हुने गरेको छ ।

पछिल्लो समय कोरला नाका अवलोकन गरी फर्किएका पर्यटक सिजा झोङ गुफा पुग्न छुटाउँदैनन्

उपल्लो मुस्ताङको लोमान्थाङ बजारदेखि उत्तर करिब ७ किमी र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरला नाकादेखि दक्षिण÷पश्चिम १४ किमी यता जोमसोम–कोरला सडकको नजिकै अवस्थित पर्छ । जोमसोम–कोरला सडक मार्ग अन्तर्गत छोसेरस्थित नेचुङ भन्सार कार्यालयबाट पश्चिमतर्फ मोडिएमा केही बेरको यात्रा तय गरेपछि गुफा भएको स्थानमा पुग्न सकिन्छ ।

Advertisement

सडक मार्गबाटै प्रष्टसँग देखिने गुफा रहेको पहाडलाई रातो रङले लेपन लगाएको जस्तै देखिन्छ । पछिल्लो समय कोरलानाका अवलोकन गरी फर्किएका पर्यटक छोसेरको सिजा झोङ गुफा अवलोकन गर्न छुटाउँदैनन् । उपल्लो मुस्ताङ भ्रमणका लागि पुगेका विदेशी पर्यटकसमेतले गुफाको अवलोकन गरेर फर्किन गरेको पाइएको छ ।
समुन्द्री सतहको ३ हजार ७ सय ९५ मिटरको उचाइमा चारैतीर हरियाली बिनाको नांगो पहाडको भित्ता यो गुफा अवस्थित छ । झन्डै १ सय ५५ फिट अग्लो ५ तले गुफाभित्र ४० कोठा छन् । गुफाको ससर्ती अवलोकन गर्दै एक वास्तविक मूर्तीकारको उत्कृष्ट कृतिको रूपमा निर्माण गरिएको अनुभूत हुन्छ । गुफाभित्रका कोठा पूरै एकआपसमा जोडिएका छन् ।

गुफाभित्रको उपल्लो तल्ला उक्लिन काठको सिँढी राखिएको छ । गुफाभित्र पस्दा सुरुङ मार्ग जस्तै दखिन्छ । गुफाको कोठाभित्र पस्दा र माथिल्लो तला उक्लिन टाँउको झुकाउनुपर्छ । गुफाको माथिल्ला तलाको बाहिरी भागमा छिद्रछिद्र प्वाल देख्न सकिन्छ । गुफाभित्र प्रवेश गरिसकेर त्यहाँको छिद्र प्वालबाट टाउँको बाहिर निकालेर अवलोकन गर्दा छोसेर गाउँ लगायत त्यस आसपासको प्राकृतिक भूगोल निकै मनमोहक देखिन्छ ।

विशाल पहाडलाई घरेलु हतियारले खोपेर सदियाँै वर्ष पहिले गुफा निर्माण गरिएको भए पनि गुफाको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन । स्थानीय र जानकारका यस मानवनिर्मित गुफा शत्रुसँग बच्नका लागि बनाइएको हो भन्ने भनाइ छ ।

छोसेरको सदियौँ वर्ष पुरानो मानव निर्मित गुफा निकै प्राचीन गुफा हो । गुफाको भुँइतलाबाट ५ तला माथिसम्म चाहार्ने हो भने त्यहा अवलोकन गर्ने पर्यटकलाई करिब २ घण्टाभन्दा बढी बेसी समय लाग्ने बताइएको छ । गुफाभित्र बत्ति बाल्ने ठाउँ र सामग्री भण्डारण लगायत विभिन्न कला, संस्कृति र ऐतिहासिक सामग्री अवलोकन गर्न सकिनेछ ।
मानव सभ्यता झल्काउने गुफाभित्र त्यस बेला मानिस बसोबास गथ्र्ये भन्ने तथ्यलाई पुष्टि गर्दछ । लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित प्राचिन मानव निर्मित गुफा प्रवेश गर्न पर्यटकको सहजताका लागि काठका भ¥याङ राखिएका छन् । बेनी जोमसोम कोरला राजमार्ग निर्माणाधीन सडक सहज बन्दै जान थालेपछि पछिल्लो समय गुफा अवलोकन गर्नेको संख्यासमेतमा वृद्धि भइरहेको छ ।

लोमान्थाङ १ का वडाध्यक्ष पेमाआंगेल गुरुङले लोमान्थाङ गाउँपालिकाको लागि छोसेरमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहको जानकारी दिए । निकै अनौठो र राताम्मे पहाडभित्र रहेको कोठैकोठा भएका यस प्रकारका गुफालाई संरक्षण, संम्वद्र्धन, प्रवर्धन गर्नुपर्ने वडाध्यक्ष गुरुङले उल्लेख गरे । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको छोसेरको गुफा अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक उपस्थिति बढ्दै गएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया