सूर्यचन्द्र विकास समाजमा शुभकामना

समाधान संवाददाता २०८२ वैशाख ६ गते १९:३३

पोखरा । नयाँ वर्ष २०८२को सन्दर्भमा सूर्यचन्द्र विकास समाज पोखरा ५ मालेपाटनले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले समाजले ३० वर्षदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक क्षेत्रमा योगदान गरेको बताए । उनले समाजले विचार भन्दा माथि उठेर समाजले समुदायलाई एकाकार गरेको उल्लेख गरे ।

Advertisement

सहिद स्मृति पुस्तकालयको सञ्चालन व्यवस्थापनमा उत्कृष्ट भएर समाज धेरै पटक पुरस्कृत भएको चर्चा गर्दै उनले समुदायको लागि केही योगदान गर्न समाजले सबैलाई सिकाएको बताए । उनले पुस्तकालयको लागि पुस्तक हस्तान्तरण समेत गरे ।

प्रतिनिधि सभाका सदस्य दामोदर वैरागी पौडेलले लोकतन्त्रले आत्मनिर्भर स्वअनुशान बन्न सिकाएको दाबी गरे । संविधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने काम भएको उल्लेख गर्दै उनले संघीयतामा प्रदेश र स्थानीय तह बलियो हुनु पर्ने तर्क गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष विष्णुप्रसाद बरालले समाजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गरेको बताए । उनले वडा कार्यालयले सामाजिक संघ संस्थाको सहकार्यमा विकास निर्माणको काम अगाडी बढाउने जानकारी दिए ।

‘नयाँ वर्षसँगै नयाँ खुसी’ भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरत खत्री, सूर्यचन्द विकास समाजका अध्यक्ष कमला गौतम,समाजका महासचिव महासचिव हेमराज भण्डारी लगायतले समुदायको सशक्तिकरणको लागि समाजले गरेको कामको चर्चा गरेका थिए । ‘राष्ट्र, राष्ट्रियता, हाम्रो स्वाभिमान, परिवर्तन र विकास हाम्रो अभियान’ भन्ने नाराका साथ समाजले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया