तनहुँमा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

पोखरा ।
तनहुँको भानु नगरपालिका वडा नम्बर १० स्थित नेपालडाँडामा माइक्रोबस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १२ः१५ बजे डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेकाे बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आइरहेको ग२६प ४०५८ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मनाङका मन घले (४० वर्ष)काे लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
स्कुटरको पछाडि सवार लम्जुङको बेसीशहर नगरपालिका–८ की अनिता थापा श्रेष्ठ (३२ वर्ष) को दमौलीस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मध्ये ९ जना सिउँडीबारीस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेकाे छ । ३ जना लक्ष्मी अस्पताल डुम्रेमा उपचाररत छन्। केहीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ।
बेसीशहरका स्कुटर चालक दीपेन्द्र श्रेष्ठ, पूजा गुरुङ, प्रेम बहादुर सुनार, युनिशा गुरुङ,राजकुमारी गुरुङ, लिलाप्रसाद बसौला, अधिष राई, कुमार राई, धनबहादुर गुरुङ, कृष्णकुमारी पाण्डे, तित्थ कुमारी थापा, मनिका गुरुङ दुर्घटनामा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया