शिक्षक आन्दोलनबाट फर्कंदै गर्दा तनहुँ दुर्घटनामा मनाङका एक शिक्षकको मृत्यु, एक घाइते

तनहुँ । शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कंदै गर्दा तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा मनाङका एक शिक्षकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटना आइतबार दिउँसो डुम्रे–बेसीशहर सडकखण्डमा भएको हो। लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस ९जीप० र विपरीत दिशाबाट आइरहेको स्कुटर एकआपसमा ठोक्किँदा जीप अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका मनाङ, नासोँ गाउँपालिका–८ का शिक्षक तथा प्रधानाध्यापक मन घलेको उपचारको क्रममा लमजुङको नमुना सामुदायिक अस्पतालमा निधन भएको हो। उनी गण्डकी प्रदेशस्तरीय शिक्षक आन्दोलनमा सहभागी भएर फर्किंदै थिए।
सोही जीपमा सवार लमजुङ, बेसीशहर नगरपालिका–३ का लिलाप्रसाद बसौला, प्रधानाध्यापक समेत हुन्, दुर्घटनामा परी घाइते भएका छन्। उनको खुट्टा र मुखमा चोट लागेको छ र हाल उपचार भइरहेको छ।
उनीहरू दुवै जना लामो समयदेखि शिक्षाक्षेत्रमा योगदान दिँदै आएका सम्मानित शिक्षक हुन्। घटनाले शिक्षकमाझ शोकको छायाँ छाएको छ। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
दुर्घटनाको विस्तृत विवरण र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तपाईको प्रतिक्रिया