पोखरामा टिभिएसको एक्सचेञ्ज मेला सुरु

समाधान संवाददाता २०८२ वैशाख ८ गते ११:१०

पोखरा ।

Advertisement

पोखराको सभागृहमा आइतबारदेखि टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला सुरु भएको छ। टिभिएसको अधिकृत बिक्रेता स्क्वायर मोटर्स प्रालिले आयोजना गरेको यो कार्यक्रम वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

कम्पनीले ग्राहकलाई लक्षित गर्दै साटफेरमा विशेष छुट योजना ल्याएको स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार जुनसुकै कम्पनी र अवस्थामा रहेको मोटरसाइकल ल्याएर नयाँ टिभिएस बाइक वा स्कुटरमा साट्न सकिनेछ। ‘जस्तो सुकै कन्डिसनको मोटरसाइकल वा स्कुटर ल्याए पनि कम्तिमा ३० हजार रुपैयाँ मूल्यांकन गर्ने व्यवस्था गरेका छौं,’ श्रेष्ठले भने।

टिभिएसका बिक्री प्रबन्धक सन्तोष पोखरेलका अनुसार, एक्सचेञ्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन्। साथै, सजिलो किस्तामा सवारी लिन चाहनेका लागि सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ।

‘गण्डकी प्रदेशमा टिभिएसका विभिन्न मोडलहरू लोकप्रिय छन्,” पोखरेलले भने, “हामीलाई विश्वास छ, यो एक्सचेञ्ज मेला टिभिएसको बजार विस्तारमा सहयोगी हुने छ।’

Advertisement

तपाईको प्रतिक्रिया