प्रविन र आइरा चाइल्ड स्टार

समाधान संवाददाता २०८२ वैशाख ८ गते ११:१७

पोखरा ।
बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कुलका प्रवीन श्रेष्ठ र सेन्ट मेरिज स्कुलकी आइरा गुरुङले जितेका छन् ।

Advertisement


शनिबार पोखरामा भएको ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फको शीर्ष स्थान हासिल गरे । पुरुषतर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने । मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते ।


बालिकातर्फ फस्ट रनरअप ग्रीष्मा गौतम र सेकेन्ड रनरअप पुनम सेन ठकुरी घोषित भए । बेस्ट क्याटवाक अवार्ड रिहाना बास्तोलाले प्राप्त गर्दा बेस्ट पोज अवार्ड भने गरिमा सिंहले हात पारिन् ।

आइक्यासका प्रबन्ध निर्देशक समीर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले बोलेका थिए ।


फिनालेमा निर्णायकमा रमेश श्रेष्ठ, आरजू बिष्ट ‘सल्यानी’, माया गुरुङ, अनिल ढुंगाना तथा प्रमुख निर्णायकमा प्राडा दीपमाला श्रेष्ठ गुरुङ थिए ।

Advertisement

तपाईको प्रतिक्रिया