शिक्षकबिनै कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने
समाधान संवाददाता
२०८२ वैशाख ९ गते १६:३१

पोखरा ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षक र कर्मचारीको सहभागिता बिनै कक्षा १२ को वार्षिक परीक्षा निर्धारित सयम वैशाख ११ गते सुरु गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बोर्डको आकस्मिक बैठकले सबै सम्भव स्रोत र संयन्त्र प्रयोग गरेर परीक्षा समयमा नै सञ्चालन गर्ने अडान लिएको हो।
बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई आवश्यक निर्देशन दिइनेछ। साथै, जिल्लास्तरमा सक्रिय परीक्षा समन्वय समिति, स्थानीय शिक्षा इकाइ र प्रदेशस्तरीय बोर्ड कार्यालयमार्फत केन्द्राध्यक्ष खटाइनेछ।
बोर्डले विद्यालयस्तरको उच्च शिक्षालाई अवरोध हुन नदिन सबै निकायसँग समन्वय गरेर परीक्षा व्यवस्थापन गर्ने बताएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया