प्रधानमन्त्री ओलीको निर्देशनपछि कक्षा १२ को परीक्षा सारिने

समाधान संवाददाता २०८२ वैशाख ९ गते २०:२३

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही दिनका लागि सार्न निर्देशन दिएका छन्।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा नियन्त्रण कार्यालयका अध्यक्ष महाश्रम शर्मा र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले भेट गरेपछि प्रधानमन्त्री ओलीले हालको जटिल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगन गर्न आदेश दिएका हुन्।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको थियो र सम्पूर्ण तयारी पनि तीव्र गतिमा भइरहेको थियो। तर परिस्थिति गम्भीर बनेको निष्कर्षसहित प्रधानमन्त्रीको निर्देशनपछि परीक्षा सारिने भएको हो।

तपाईको प्रतिक्रिया