तनहुँमा आमाले किन गरिन् ४ महिनाको शिशुको हत्या

समाधान संवाददाता २०८२ वैशाख १० गते ५:०८

पोखरा । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका-४ थामडाँडामा एक आमाले आफ्नै ४ महिनाको शिशुको ढुङ्गा प्रहार गरी हत्या गरेकी छिन्।

Advertisement

प्रहरीका अनुसार नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका-२ अर्मलेकी ३६ वर्षीया कमला परियारले छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भीर घाइते बनाएकी थिइन्।

घाइते शिशुलाई उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो। तर मिति २०८२ साल वैशाख ८ गते राति ९:३० बजे उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरीले कमला परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर कर्तव्य ज्यानको मुद्दा अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापाले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया