पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता छानविन गर्न कास्की कांग्रेसको माग

समाधान संवाददाता २०८२ वैशाख १० गते १६:१९

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।


विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की कांग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।


कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


बैठकले विद्यानमा भएको व्यवस्था अनुसार, पार्टीको तल्लो तहका सम्मेलन पछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नविकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया