घारीकुलो सहकारीको रक्तदानमा २६ युनिट रगत

समाधान संवाददाता २०८२ वैशाख १२ गते २०:४९

पोखरा । पोखरा महानगरपालिका–१७ स्थित घारीकुलो सहकारीले आफ्नो छैटौं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ । कार्यक्रम उदघाटन रेडक्रस कास्कीकी सभापति उर्मिला खड्काले गरेकी थिइन् । खड्काले सहकारीले आर्थिक समृद्धिका वाहकसँगै सामाजिक कार्यहरूको अगुवाइमा पनि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै निरन्तर समाज कल्याण र मानव हितका कार्यहरू आफ्नो तालिकामा समावेश गर्न आग्रह गरेकी थिइन् ।

Advertisement

कार्यक्रममा घारीकुलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरी, २३ औं पटकका रक्तदाता दीपेन्द्र पौडेल, सहकारीका व्यवस्थापक दीपक लामिछानेलगायतले शुभकामना व्यक्त गरेका थिए । कल्पना पौडेलको संयोजनमा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव पवित्रा सुबेदी भण्डारीले तथा स्वागत कोषाध्यक्ष दीपेन्द्र पौडेलले गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले सहकारीका संस्थापक अध्यक्ष स्व. ढाकाराम ढकालसहित स्थापनामा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूको योगदानको स्मरण गरेका थिए । संस्थाका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया