नेपाल अडिटर्स एसोसिएसन गण्डकीमा ज्ञानबहादुर

समाधान संवाददाता २०८२ वैशाख १३ गते १५:५२

पोखरा । नेपाल अडिर्टस एसोसिएसन गण्डकी प्रदेश समिति अध्यक्षमा ज्ञानबहादुर कार्की निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको सातौं अधिवेशनबाट कार्की सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल सापकोटा र पे्रमबहादुर जिसी, सचिवमा कमलबहादुर रेग्मी, सहसचिवमा सब्बु श्रेष्ठ र कोषाध्यक्षमा शिवहरि शर्मा निर्वाचित भए । सदस्यमा रुद्रकुमार श्रेष्ठ, यामनारायण लामिछाने, बोधराज पौडेल, विज्ञान गौतम र रामप्रसाद पाण्डे चुनिए ।

कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले देशमा शान्ति सुव्यवस्था र आर्थिक क्षेत्रमा सुधार गर्न सकियो भने पेसागत सुरक्षा कायम रहने बताए । एसोसिएसनका निवर्तमान अध्यक्ष मोहनराज रेग्मीले विधि र विधानको अधिनमा रहेर काम गर्न पाउने वातावरण सिर्जना नहँुदा अडिटरको पेसा नै संकटमा रहेको बताए । मुलुकमा शान्ति सुव्यवस्था र नेपालमा उद्योग कलकारखाना सञ्चालनका लागि औधोगिक वातावरण बनेमात्र पेसा सुरक्षित हुने उनको भनाइ थियो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका लेखा परिक्षकहरुको उपस्थिति थियो । गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान कास्कीका अध्यक्ष गुणनिधि पाण्डेले भावी कार्ययोजना सहित कार्यपत्र पेस गरेका थिए ।

कार्यक्रममा नेपाल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेल, अडान गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशबहादुर केसी, पूर्व पार्र्सद माधव पराजुली लगायतले शुभकामना व्यक्त गरे । गण्डकी प्रदेशका अध्यक्ष पदमवन्धु पोख्रेलको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव कमलबहादुर रेग्मीले गरेका थिए । प्रदेशका उपाध्यक्ष ज्ञानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा निर्वाचन मण्डलको संयोजन अडानका केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया