माझठानामा कृषिगीत प्रतियोगिता, मातृशिशु कृषि समूह प्रथम

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडानम्बर २८ र कृषि सञ्जालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्वित्तीय, बिमीरापानी कृषक समूह तृतीय र स्याङ्खुदी कृषक समूह सान्त्वना भए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः २०, १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे । कालिका महिला कृषक समूह भेषभुषा तर्फ उत्कृष्ट हुँदै नगद ५ हजार प्राप्त ग¥यो ।
प्रतियोगिताका उत्कृष्ट समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडासदस्य लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ समूहको सहभागिता थियो ।
कार्यक्रम स्थालमा बाली उपचार शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा वडाका कृषहरुले नगदेबालीमा भएका समस्या बारेमा प्राविधिकसँग परामर्श लिएका थिए । भने रोगको पहिचान गरी उपचारका लागि परामर्श र औषधी वितरण गरिएको थियो । कार्यक्रममा वडामा उत्पादन हुने रैथानी बाली धान, मकै, जौ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दिर्घकालीन योजना बनाएर अगाडि बडेको जानकारी दिए । उनले पछिल्लो समय महानगरमा नगदे बालीको उत्पादन बढेको र आयत प्रतिस्थापन हुँदै गएको बताए ।
यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए । धान, मकै, गहुँ, मरिच, मह, खसीबोका, दूध र तरकारी खेतीमा वडामा उत्पादन हुने गरेको कडरियाले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुडो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाध्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामीण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु महानगर र वडामार्फत् किसानको घरसम्म पु¥याइएको उनको भनाइ थियो ।
कार्यक्रमका आयोजक कृषि सञ्जाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए । सञ्जाल मार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्लादेवी भुजेल र वीरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया