वडा नं २९ को प्रगति टोलमा ललिन्द्र

समाधान संवाददाता २०८२ वैशाख १३ गते १७:३५

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्थाको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि ललिन्द्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा वीरबहादुर खत्री, सचिव विष्णुहरि पौडेल, कोषाध्यक्ष सूर्यबहादुर विक र सहसचिवमा राधिका अधिकारी चयन भए । सदस्यमा मसिना भण्डारी, सम्झना तामाङ, कमला जिसी, विना सुवेदी र अमृत श्रेष्ठ छानिए ।
नयाँ कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै समाजसेवी मोती गिरीले टोल विकास सँस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्ने सुझाव दिए । उनले स्थानीयको सहभागिता विना विकास, निर्माणका काम सम्भव नहुने धारणा राखे ।

संस्थाका अध्यक्ष धर्मदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव देवेन्द्र धिताल, कोषाध्यक्ष वीरबहादुर खत्री, उपाध्यक्ष यमबहादुर जिसी, सल्लाहकार तेजप्रसाद भण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया