ताराखोलामा भएको स्वास्थ्य शिविरबाट १ हजार जना लाभान्वित

समाधान संवाददाता २०८२ वैशाख १४ गते १५:१५

पोखरा ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी ताराखोला उपशाखाको आयोजनामा वैशाख १२ र १३ गते भएकाे निशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।


फेवा सिटी हस्पिटल पोखराको प्राविधिक सहयोग, नवसृजना युवा क्लब र ताराखोला बचत तथा ॠण सहकारीकाे सह आयोजनामा शिविर भएकाे हाे ।

शिविरमा ताराखोला गाउँपालिकाका र छिमेकी जिल्ला म्याग्दिको मंगला गाउँपालिकाबाट विभिन्न समस्या भएका बिरामीहरु आएका थिए ।


शिविरमा पेट तथा छाती रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, नाक कान घाँटी रोग, महिला तथा प्रसुती रोग, जनरल सर्जरी, पिसाव रोग र दन्त रोग सम्बन्धि जाँच गरि निशुल्क औषधी वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी ताराखोला उपशाखाका सभापति पूर्णभद्र निउरेले जानकारी दिए ।

Advertisement


फेवासिटी हस्पिटलका प्रमुख कन्सल्टेन्ट फिजिसियन प्राध्यापक डा बुद्धिबहादुर थापा, वरिस्ठ कन्सल्टेन्ट युरोलोजिस्ट प्राडा ध्रुवबहादुर अधिकारी, वरिष्ठ कन्सल्टेन्ट सर्जन भोजराज न्यौपाने, वरिस्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राध्यापक डाक्टर चण्डिका पण्डित, वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा मदन थापा, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा दिनेशकुमार विक, ग्याष्ट्रोलोजिस्ट डा जीवन थापा, बाल रोग विशेषज्ञ डा अमृता घिमिरे, नाक कान घाँटी रोग विशेषज्ञ डा विक्रमबाबु कार्की लगायतले स्वास्थ्य परीक्षण गरी परामर्श प्रदान गरेका थिए ।


चिकित्सकहरुलाइ सम्मान पत्र र मायाको चिनो स्वरुप ताराखोलाको अर्गानिक लसुने साग दिइएकाे थियो । शिविरलाई सहयोग गर्ने संघ सस्था समुहलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा हस्पिटलका अध्यक्ष सर्वजित अधिकारी, वडा न ५ का वडा अध्यक्ष मनबहादुर रोका, क्लबका प्रथम उपाध्यक्ष धनबहादुर घर्ति लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव कुलबहादुर रोकाले गरेका थिए ।

तपाईको प्रतिक्रिया