पोखरा विश्वविद्यालयको रजिष्टारमा अजय थापा नियुक्त
समाधान संवाददाता
२०८२ वैशाख १४ गते १८:५०

पोखरा ।
पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापा नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीले उनलाई नियुक्त गरेका हुन् । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन् ।
पोखरा विश्वविद्यालयमा रजिष्टार पद खाली भएपछि विभिन्न चरणमा भएका प्रक्रियापछि थापा रजिष्टारमा नियुक्त भएका हुन् । यसअघि उनी स्कुल अफ साेसल साइन्सका डिन थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया