माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा तालिम

समाधान संवाददाता २०८२ वैशाख १४ गते १९:५२

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ स्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा एक दिवसीय विद्यार्थीको संवेगात्मक विकाससम्बन्धी तालिम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ सुरुवातसँगै मनोवैज्ञानिक पक्षको बोध र प्रयोग गर्ने हेतुले तालिम आयोजना गरिएको हो ।

Advertisement

वर्तमान परिप्रेक्ष्यमा शैक्षिक संस्थाले सञ्चालन र प्रयोगमा ल्याउनुपर्ने संवेगात्मक पक्षमा बढी जानकार र संवेदनशील हुनुपर्ने कुरामा जोड दिँदै तालिम आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
तालिमको सहजीकरण वरिष्ठ साइकोथेरेपिस्ट चाँदनी घिमिरे तथा प्रशान्त श्रेष्ठले गरेका थिए । प्रयोगात्मक तथा मनोवैज्ञानिक तरिकाबाट सहजीकरण गरिएको तालिममा कक्षा शिक्षणका क्रममा तत्काल अपनाउन सकिने पक्षहरुबारे छलफल भएको थियो ।

अतिरिक्त क्रियाकलाप प्रमुख तेजबहादुर गुरुङले विद्यालयले यस्ता तालिम विद्यालयले बेला बेलामा आयोजना गर्दै आएको बताए । उनले आगामी दिनमा पनि शिक्षकको क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहने जनाए । कार्यक्रममा शिक्षक, विद्यालयका संस्थापक लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया